नेपाली कानुनी साहित्य समिति (NKSS)
नेपाली कानुनी साहित्य समिति’ काठमाडौं विश्वविद्यालय स्कुल अफ ल संकाय सदस्यहरू र विद्यार्थीहरुको पहलमा स्थापना भएको एक स्वायत्त क्लब हो। यसको मुख्य उद्देश्य नेपाली भाषाको संरक्षण र संवर्धन गर्दै कानुनी नेपाली भाषा समेतको विकास गर्नु हो ।
क्लबले नेपाली भाषा र साहित्यको प्रवर्धन गर्दै विद्यार्थीहरुलाई आफ्नो नेपाली बोलाइ र लेखाइमा क्रमिक सुधार ल्याउनका लागि प्रोत्साहन गर्नमा केन्द्रित छ। विभिन्न गतिविधिहरू जस्तै प्रतियोगिता , कार्यशाला, वैचारिक विमर्श,र सभा समारोहहरू मार्फत समितिले विद्यार्थीहरुको भाषिक र कानुनी प्रवीणतालाई समृद्ध बनाउने लक्ष्य राखेको छ। दीर्घकालीन रुपमा विद्यार्थीहरुको शैक्षिक साथै व्यवसायिक जीवनमा नेपाली र कानुनी नेपाली भाषाको अस्तित्व जोगाउनका लागि नेपाली कानुनी साहित्य समिति सक्रिय छ।