विश्व बालश्रम विरुद्ध दिवसकोअवसरमा खुल्ला कविता वाचन प्रतियोगिता – (NKSS)

Author: नेपाली कानुनी साहित्य समिति (NKSS)

मिति २०८१ साल जेठ ३० गते बुधवार नेपाली कानुनी साहित्य समितिले विश्व बालश्रम विरुद्ध दिवसको अवसर पारेर ‘कविता वाचन प्रतियोगिता’ आयोजना गरेको थियो। उक्त कार्यक्रम काठमाडौ विश्वविद्यालय स्कुल अफ ल को नयाँ भवनमा गरिएको थियो। यस कार्यक्रममा निर्णायकको भूमिकामा विश्वविद्यालयका शिक्षकद्वय कृष्ण सुन्दर थापा र मनुका अधिकारीको रहनुभएको थियो।

यस कार्यक्रमको उद्देश्य कविताको माध्यमबाट विश्वविद्यालयमा भएका विद्यार्थीहरुलाई नेपाली भाषाको समीपमा पुर्याउनु हो। कार्यक्रमको मुख्य आकर्षण प्रत्येक प्रतियोगीहरुले आफ्ना शब्दहरूलाई सशक्त वाचनको माध्यमबाट जीवन्त तुल्याएर दिएको गहकिला प्रस्तुतिहरु थिए। व्यक्तिगत प्रतिबिम्ब र सामाजिक मुद्दाहरूदेखि प्रकृति र अमूर्त अवधारणाहरूसम्मका विषयहरूको गहिराइ र विविधताले दर्शकहरूलाई प्रभावित गरेको थियो। 

पहिलो स्थान सृष्टि पराजुली, दोस्रो स्थान सन्दिप थापा र तेस्रो स्थान स्मृति सापकोटाले हाँसिल गर्दै प्रतियोगिताले पूर्णता पाएको थियो। विजेताहरुलाई पुरस्कारको रुपमा ट्रफि र पुस्तकहरु प्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो।

Leave a Reply